जनता टाइम्स

२४ श्रावण २०७६, शुक्रबार ०८:५८

८ लाख ४० हजार नगदसहित डाउन टाउनबाट पक्राउ परे १२ जना जुवाडे


ललितपुर, साउन २४ । पछिल्लो समय ललितपुर प्रहरीले जुवाडेहरुलाई ठाउँको ठाउँ पक्राउ गरी कारबाहीको दायरामा ल्याउने गरेको छ । महानगरीय प्रहरी बृत्त सातदोबाटोले बुधबार करिब राती ८ः३० बजेको समयमा एक दर्जनभन्दा बढी जुवाडेहरुहरुलाई धापाखेलस्थित डाउन टाउन हाउजिङ्गबाट खेल्दाखेल्दै गरेको अवस्थामा पक्राउ गरेको छ ।

डाउनटाउनको १० औं फ्ल्याटको रुम नम्बर ५१० मा कौडा खेलिरहेको अवस्थामा आठ लाख ४० हजार नगद र १६ थान कौडासहित १२ जुवाडेहरुलाई पक्राउ गरिएको सातदोबाटो प्रहरी वृत्तले जानकारी गराएका छन् । पक्राउ पर्ने जुवाडेहरुमा शैलेश महर्जन, प्रकाश महर्जन, किशोर देसार, विनोद अवाले, विकेश बज्राचार्य, विजय शाक्य, रमेश महर्जन र रन्जित महर्जन रहेका छन् ।

विशेष गरी काठमाडौं उपत्यकामा घुम्ती जुवा संचालन गर्दै आइरहेकाहरुलाई विशेष सुराकीको आधारमा पक्राउ गरी कारबाहीको दायरामा ल्याउने गरेको छ । स्मरणीय छ, सातदोबाटो प्रहरी वृतका प्रमुख गोतम मिश्रकै टोलीले एक महिना अगाडि गोदावरीस्थित बृन्द्राबन रिसोर्टबाट एघार लाख नगदसहित सात जुवाडेहरुलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको थियो ।