जनता टाइम्स

२६ मंसिर २०७९, सोमबार १४:१४

नेपालगञ्ज म्याराथनमा आयोजकबाटै पत्रकारमाथि दुर्व्यवहार, कडा कार्वाही गर्न प्रेस चौतारीको माग


बाँके, मंसिर २६ । नेपालगञ्जमा आयोजित म्याराथन प्रतियोगितामा पत्रकारमाथि आयोजक संस्थाबाट भएको दुब्र्यवहारप्रति प्रेस चौतारी नेपालले कडा आपत्ति जनाउँदै खेद ब्यक्त गरेको छ ।

प्रेस चौतारी लुम्बिनी प्रदेशले आज बिज्ञप्ती प्रकाशन गरी शनिवार आयोजित म्याराथन प्रतियोगिताका आयोजक संस्था क्रियटिभ ह्याण्ड्सका कर्मचारी तथा पदाधिकारीले समाचार संकलनका क्रममा रहेका प्रेस चौतारी नेपालका लम्बिनी प्रदेशका सहइञ्चार्जसमेत रहनुभएका पत्रकार रुद्र सुवेदी र खम्ब पुन, रविन्द्र घिमिरे, जावेद हल्वाई र गौरव गिरीलगायतका पत्रकारलाई फोटो र भिडियो खिचिरहेको बेला दुब्र्यवहार गरेका थिए ।

आयोजक संस्थाका कर्मचारीले फिल्डमा खटिएका पत्रकारमाथि बल प्रयोग गरेर धकेल्ने र लडाउने काम गरेको भन्दै बिज्ञप्तीमा कडा आपत्ति जनाइएको छ । ‘पत्रकारको पहिचान हुँदाहुँदै पनि तस्विर खिच्ने क्रममा आयोजक क्रियटिभ ह्याण्ड्स संस्थाका परिचालित कर्मचारीले समाचार संकलनमा फिल्डमा खटिएका पत्रकारमाथि बल प्रयोग गरर धकेल्ने कार्यको प्रेस चौतारी लुम्बिनी प्रदेश समिति निन्दा तथा भत्र्सना गर्दछ,’ महासचिव निरु गौमले जारी गर्नुभएको बिज्ञप्तीमा भनिएको छ ।

बिज्ञप्तीमा जिम्मेवारी बहन गरिरहेका पत्रकारमाथि भएको यो दुब्र्यवहार प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको जनाएको छ । ‘यो घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर चोट पुगेको छ । प्रेस चौतारी लुम्बिनी प्रदेश पत्रकारमाथि गरिएको यो ज्याद्धतीको घोर भत्र्सना गर्दै दोषीलाई कार्वाहीको दायरामा ल्याउन माग गर्दछ,’ बिज्ञप्तीमा भनिएको छ ।