न्युयोर्क, २ पुस । एक भारतीय मूलका अमेरिकीचिकित्सकलाई मेरुदण्डको शल्यक्रिया गर्नको लागि लगभग ३३ लाख डलर घुस लिएको अभियोगमा ५ वर्ष जेल सजाय तोकिएको छ । अस्पतालमा मेरुदण्डको शल्यक्रिया गर्न अवैध रूपमा उक्त रकम स्वीकार गर्ने भारतीय मूलका एक अमेरिकी चिकित्सकलाई उक्त सजाय सुनाइएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ ।
क्यालिफोर्नियाका ५५ वर्षीय न्युरोसर्जन डा. लोकेश एस. तन्तुवायाले लङ वीचको एक अस्पतालमा शल्यक्रिया गरेका थिए । ठगी गरेको आरोपमा अस्पतालका सञ्चालकलाई पनि जेल चलान गरिएको छ । न्याय मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार डा. तन्तुवेयाले सेप्टेम्बर १ दोषी स्वीकार गरेका थिए ।
उनी मे २०२१ देखि संघीय हिरासतमा छन् । सन् २०१० देखि २०१३ सम्म डा. तन्तुवायाले लङ बिचको प्यासिफिक अस्पतालका मालिक माइकल ड्रोबोटबाट मेरुदण्डको शल्यक्रिया गरे वापत पैसा लिएका थिए । मेरुदण्डको शल्यक्रियाको प्रकार अनुसार घुस रकम फरक–फरक हुन्छ’, अमेरिकी न्याय मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।













प्रतिक्रिया दिनुहोस्