काठमाडौं, ७ पुस । सपथग्रहणका लागि नयाँ बानेश्वरस्थित संसद भवनमा कार्यक्रममा सांसदहरुले थरिथरि भेषभूषामा सजिएर आउनुभएको थियो ।
आज दिउँसो १ बजे सपथका लागि सांसदहरूलाई संसद सचिवालयले बोलाएको थियो । संसदका जेष्ठ सदस्य एवं राप्रपामा नेता पशुपति शमशेर जबराले उनीहरूलाई सपथ गराउनुभएको हो ।
सपथमा सहभागी सदस्यहरू कोही आफ्नो सँस्कृति झल्काउने पोशाकमा सजिएका थिए भने कतिपयले राष्ट्रिय पोशाक दौरा सुरुवाल लगाउनुभएको थियो ।




































प्रतिक्रिया दिनुहोस्