जनता टाइम्स

२५ श्रावण २०७६, शनिबार १६:४२

महेश बस्नेतको ठोकुवा : तीन वर्षभित्र भक्तपुरमा सडक–ढल र खानेपानीका सबै समस्या समाधान हुन्छ


भक्तपुर, साउन २५ । सत्तारुढ नेकपाका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले अवको तीन वर्षमा भक्तपुरमा सडक निर्माण, ढल र खानेपानीका सबै समस्या समाधान हुने ठोकुवा गर्नुभएको छ । समृद्ध भक्तपुर निर्माण अभियानको नेतृत्व गरिरहनुभएका सांसद बस्नेतले बिकाशका सवै बाधा अवरोधहरु तोडेर तीन बर्षभित्र ती काम सम्पन्न गर्ने घोषणासमेत गर्नुभएको छ ।

भक्तपुर रचनात्मक र सिर्जनशील रुपमा अगाडि बढेको भन्दै नेता बस्नेतले राज्यको लगानीबिना नै शुरु भएको हनुमन्ते सफाइ अभियान, राजमार्ग सफाइ अभियान, हरियाली प्रवद्र्धन अभियान, सुरक्षित सडक अभियान, उज्यालो भक्तपुर अभियान सञ्चालन हुने जानकारी गराउनुभयो ।

‘तीन बर्षभित्र भक्तपुरको बिकाशले काँचुली फर्नेछ, राज्यको लगानीबिना पनि बिकाश संभव छ भन्ने प्रमाणित भक्तपुरले गरिसकेको छ,’ आफ्नै निर्वाचन क्षेत्र सूर्यबिनायक नगरपालिका–२ बालकोटमा आज सार्वजनिक निजी सहकारीयात्रा, स्वच्छ, सफा हरियाली सडक प्रवद्र्धन अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै बस्नेतले भन्नुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य शशीजङ्ग बस्नेत, सूर्यबिनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, वडा नं– २ बालकोटका वडाध्यक्ष कमलनाथ आचार्य, अभियन्ता चन्द्रकृष्ण श्रेष्ठ, सिमा.कन समितिका संयोजक रवि राणा लगायतले हरियाली प्रवद्र्धन अभियान नमूनाको अभियान भएको बताउनुभयो । पहिलो चरणमा बालकोट चोकसम्म र दोस्रो चरणमा सिरुटार हुँदै बिरुवासम्म पेन्सिल धूपी रोप्ने अभियान सञ्चालन हुने भएको छ ।