जनता टाइम्स

९ पुष २०७९, शनिबार १४:५१

सभापति देउवालाई कांग्रेसका महिला सांसदको सुझाब : सरकारको नेतृत्व अब पनि कांग्रेसले नै गर्नुपर्छ


काठमाडौं, ९ पुस । नेपाली कांग्रेसका महिला सांसदहरूले अब पनि नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्नु पर्ने बताउनुभएको छ । वालुवाटरमा आज कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दै उनीहरूले यस्तो सुझाब दिनुभएको हो ।

उहाँहरूले निर्वाचनका बेला पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने भनेर मत मागेको र सोही आधारमा कांग्रेसलाई जनताले सबैभन्दा ठूलो पार्टी बनाएर पठाएको बताउनुभएको थियो ।

उहाँहरूले हालको गठबन्धन नभत्काइ कांग्रेसको नेतृत्वमा सरकार बनाउनु पर्ने बताउनुभयो । सभापति देउवाले पनि यसै विषयमा गठबन्धनमा कुरा भइरहेको र हिजो दिनमा जस्तै हामी सरकारमा जादैनौं भन्दा पनि जानु पर्ने अवस्था आएको थियो त्यस्तै अवस्था आउन सक्ने बताउनुभयो ।