जनता टाइम्स

२० पुष २०७९, बुधबार ०८:३९

आहा ! रारा गोल्डकप : आज एपिएफ र संकटाबीच सेमिफाइनल भिडन्त


पोखरा, २० पुस । २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको पहिलो सेमिफाइनलमा आज बुधबार विभागीय टोली एपीएफ क्लब र संकटा फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

पोखरा रंगशालामा साविक विजेता एपीएफ र संकटाबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र संकटाबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । एपीएफ र संकटा आज जित निकाल्दै फाइनल पुग्ने योजनामा हुनेछन् । एपीएफले धरान फुटबल क्लबलाई हराएर सेमिफाइनलको यात्रा तय गरेको हो ।

यस्तै संकटाले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई हराएको थियो । हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् ।

प्रतियोगितामा वचत रकम क्लबबाट संचालित सुर्य बहादुर केसी स्मृती सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेश्रो व्याचको एकेडेमीमा १० जिल्लाका १३ जना आश्रित रहेका छन् ।