जनता टाइम्स

२० पुष २०७९, बुधबार १३:५९

श्रम स्वीकृतिबिना खेलाडी भित्र्याउदा अख्तियारको चासो, राखेपलाई पठायो पत्र


काठमाडौं, २० पुस । नेपाल टी २० लिगका लागि विभिन्न टिमले विदेशी खेलाडी भित्र्याएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो बढाएको छ । श्रम स्वीकृतिबिनै बिदेशी खेलाडी भित्र्याएको भन्ने सार्वजनिक कुरा उठेपछि अख्तियारले छानबिन थालेको हो ।

अख्तियारले राष्ट्रिय खेलकुद परिषदलाई पत्र पठाउँदै ७ दिनभित्रमा सम्बद्ध कागजातसहितको राय प्रतिक्रिया पठाउन भनेको छ। कीर्तिपुरमा सञ्चालन भइरहेको नेपाल टी२० लिगमा सहभागी विभिन्न ६ वटा टिमबाट विभिन्न विदेशी खेलाडीहरुबाट विना श्रम स्वीकृति तथा अनुमतिविना नै क्रिकेट खेल सञ्चालन गरिरहेको व्यहोराको उजुरी परेको अख्तियारले जनाएको छ।

अख्तियारले सोमाबार राखेपसँगै श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा पनि राय तथा प्रतिक्रिया उपलब्ध गराउन पत्र पठाएको छ।