जनता टाइम्स

२३ पुष २०७९, शनिबार ०९:२०

आहा ! रारा गोल्ड कपको फाइनल आज : संकटा र भुटनिज युथ भिडदै


पोखरा, २३ पुस । २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको फाइनल खेल आज (शनिबार) हुँदैछ । पोखरा रंगशालामा हुने फाइनलमा संकटा क्लब र अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल दिउँसो १ः३० बजे सुरु हुनेछ ।

आज दुबै टोली जित निकाल्दै उपाधि उचाल्ने योजनामा रहेका छन् । संकटा एक पटकको च्याम्पियन समेत हो । भुटनीज भन्दा दोस्रो पटकको सहभागितामा फाइनल पुगेको हो । संकटा समिफाइनलमा एपीएफ क्लबलाई ४–१ गोल अन्तरले हराउँदै फाइनल पुगेको हो ।

भुटनीजले सेमिफाइनलमा चर्च ब्वाइज युनाईटेडलाई १–० गोल अन्तरले हराउँदै संकटासँगको भेट पक्का गरेको हो । हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् । प्रतियोगितामा वचत रकम क्लबबाट संचालित सुर्य बहादुर केसी स्मृती सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ ।

हाल तेश्रो व्याचको एकेडेमीमा १० जिल्लाका १३ जना आश्रित रहेका छन् ।