जनता टाइम्स

२८ श्रावण २०७६, मंगलवार ११:४०

सुनको भाउले फेरी राख्यो नयाँ रेकर्ड, एकैदिन बढ्यो एक हजार


काठमाडौं, साउन २८

सुनको भाउ पुन एक पटक बढेको छ । दैनिक जसो बढेको सुनको भाउ केही दिनदेखी स्थिर रहेपनि मंगलबार भने तोलाको ७१ हजार रुपैयाँ पुगेको छ ।

मंगलबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।

गएको बिहीबारदेखि तोलाको ७० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेको हो । सुनको भाउ महँगो भएपनि कारोबार ठप्पजस्तै भएको व्यवसायीले बताएका छन् । पोहोर यो बेलामा दैनिक ५० किलोभन्दा धेरै माग हुने गरेको सुन अहिले दैनिक ५ किलो पनि माग हुन छाडेको उनीहरुको भनाइ छ ।

अन्तराष्ट्रिय बजारमा सुनको भाउ घटबढ भैरहेका कारण नेपालमा पनि भाउ बढिरहेको संयोजक शाक्यले बताउनुभयो ।