जनता टाइम्स

२ माघ २०७९, सोमबार १६:५६

नेकोस बागमती प्रदेश पुरुष भलिबल बुधबारबाट


काठमाडौं, २ माघ । रामेछापको सदरमुकाम मन्थलीमा नेकोस बागमती प्रदेश पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटीले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता माघ ४ गतेबाट ७ गतेसम्म संचालन हुने जनाएको छ ।

प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाका टोलीले सहभागिता जनाउने अध्यक्ष सीताराम कार्कीले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेता टोलीले २ लाख नगदसहित, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन्।

त्यस्तै द्वितीय, तृतीय र चौथो हुनेले क्रमशः १ लाख, ५० हजार र ३० हजार पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।