जनता टाइम्स

२ माघ २०७९, सोमबार १७:०६

नाडाल दोस्रो चरणमा


एजेन्सी, २ माघ । स्पेनिस टेनिस स्टार राफायल नाडाल अष्ट्रेलियन ओपनको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

मेलबर्नमा सोमबार भएको खेलमा बेलायतका ज्याक ड्रापरलाई पराजित गर्दै नाडालले दोस्रो चरणको यात्रा तय गरेका हुन्।

दोस्रो वरीयताका नाडालले ज्याकलाई ७-५,२-६,६-४ र ६-१ ले पराजित गरे ।

दुई पटकको च्याम्पियन नाडालको यो मेलबर्नमा ७७ औं जित हो ।

महिलातर्फ इमा राडुकानुले दोस्रो चरणमा स्थान बनाएकी छिन् ।

चोटबाट मुख्य हुँदै कोर्ट फर्किएकी इमाले जर्मनीकी तामरालाई ६-३ र ६-२ ले पराजित गरिन् ।