मन्थली, ६ माघ । रामेछाप सदरमुकाम मन्थलीमा जारी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको लिग चरणको खेल सकिएको छ । राष्ट्रिय खेलकुद महासंघ नेपाल वाग्मती प्रदेश कमिटीले आयोजना गरेको प्रतियोगिता अन्तर्गत लिग चरणको विजेता र उपविजेता बन्दै आठ जिल्लाका टोली क्वाटर फाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा चितवन जिल्लाको टिमले काठमाडौं जिल्ला, धादिङले नुवाकोट र दोलखाले रसुवालाई पराजित गरेका छन् ।
खेलमा चितवनले २५–१५ र २५–१६ ले काठमाडौंलाई हराएको छ । धादिङले नुवाकोटलाई २५–१८ र २५–१८ ले पराजित गरेको छ । यस्तै दोलखाले रसुवालाई २५–२० र २५–१८ को खेलले पराजित गरेको छ ।
लिक कम नक आउट वेस्ट अफ थ्री सिस्टममा खेलाइएको प्रतियोगितामा काठमाडौँ, नुवाकोट र रसुवा जिल्ला पराजयसँगै खेलबाट बाहिरिएका छन् ।
शुक्रबार हुने क्वाटर फाइनल खेलमा सिन्धुली र सिन्धुपाल्चोक, चितवन र काभ्रे, दोलखा र धादिङ, मकवानपुर र रामेछाप जिल्ला बिच सेमिफाइनलमा प्रवेशका लागि प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिताको विजेता टोलीले २ लाख नगदसहित, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै द्वितीय, तृतीय र चौथो हुनेले क्रमशः १ लाख, ५० हजार र ३० हजार नगद, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्