जनता टाइम्स

२९ श्रावण २०७६, बुधबार १७:०४

मुख्यमन्त्री शाहीको कार्यक्रमस्थल नजिकै बम विस्फोट


धनगढी, साउन २९

प्रतिवन्धित नेत्रविक्रम चन्द्र विप्लव समुहका कार्यकर्ताले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कार्यक्रमलाई लक्षित गरी बम विस्फोट गराएका छन् । यद्यपी विस्फोटबाट कुनै मानविय क्षति भने नभएको बताइएको छ ।

कालिकोटको पचालझरना गाउपालिकाको गाउँसभा भइरहेको स्थानबाट करिव एक किलोमिटर पर जंगल नजिकै विप्लव समुहले बम विस्फोट गराएको प्रहरीले जानकारी दिएको छ । मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव खेम सिंहले कार्याक्रम स्थल भन्दा केही पर २ पटक बम विस्फोटको आवाज सुनिएको जानकारी दिनुभयो ।

‘खार्पुमा कार्यक्रम चलिरहेको बेला माथि डाँडातिर २ पटक विस्फोट भएको आवाज आएको छ’, उहाले भन्नुभयो, ‘सकेट बम विस्फोट गराइएको हुन सक्छ ।’ विष्फोट मुख्यमन्त्री शाहीलाई नै लक्षित गरी गरिएको हो वा होइन थाहा नभएको सिंहले जानकारी दिनुभयो ।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ। यसअघि पनि मुख्यमन्त्री कालिकोट गएका बेला बम विष्फोट भएको थियो । उहाले स्थलमार्ग हुदै कार्यक्रममा सहभागी हुनु भएको थियो ।