जनता टाइम्स

३० श्रावण २०७६, बिहीबार ०७:४९

बलात्कार गर्दागर्दै बालिकाले बलात्कारीको टाउकोमा खुकुरी हानेपछि…


झापा, साउन ३० । झापाको बुद्धशान्ति गाउँपालिकामा बलात्कार गर्न खोज्ने युवकलाई बालिकाले खुकुरी प्रहार गरी घाइते बनाइ दिएकी छन । धनकुटाको पात्लेखोलाका सन्तोष गुरुङलाई बलात्कार गर्दागर्दै १३ वर्षीया बालिकाले खुकुरी प्रहार गरेकी हुन्। पटक पटक बलात्कारको शिकार हुँदै आएकी बालिकाले हिम्मत जुटाएर बलात्कार गर्दागर्दै खुकरी प्रहार गरेकी हुन ।

प्रहरीका अनुसार गुरुङले बालिकामाथि यसअघि पनि पटक–पटक बलात्कार गर्दै आएका थिए । बालिकाकी आमा वैदेशिक रोजगारीका क्रममा रहेको र बाबु गाउँमै मजदुरी गर्ने गरेको फाइदा उठाउँदै दिउँसो कोही नभएका मौका छोपेर घरमा आएर धम्की दिंदै गुरुङले बलात्कार गर्ने गरेको बयान पीडित बालिकाले प्रहरीलाई दिएकी छन ।

गुरुङले बलात्कारका विषयमा कसैलाई सुनाए बाबुलाई मारिदिने र विदेशमा रहेकी आमाको शव बाकसमा ल्याइदिने भन्दै धम्की दिने गरेका थिए । ‘जहिले पनि मार्छु भन्दै धम्क्याएर जबरजस्ती गथ्र्यो’, बालिकाले भनिन् । बाबुआमालाई मारिदेला भन्ने डरले गुरुङले आफूमाथि गरेको अत्याचार कसैलाई सुनाउन नसकेको प्रहरी समक्ष बालिकाले बताएकी छन । अति भएपछि उनले भाउजूलाई यो घटना सुनाएकी थिइन । बालिकाले नातामा भाउजू पर्नेलाई घटनाको बारेमा भनेपछि स्थानीय युवाले उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन ।

पछिल्लो पटक घरको कोठामै लडाएर मुख थुन्दै बलात्कार गर्न सुरु गरेपछि उनले छेउमै राखेको खुकुरी प्रहार गरेको सुनाइन् । खुकुरी प्रहारबाट गुरुङको टाउकोमा गहिरो चोट लागेका थियो । ‘सिरानीमा खुकुरी राखेको थिएँ, छप्काइदिएँ,’ बालिकाले भनिन । पटक पटक पीडा सहेर बस्नुभन्दा मारेर जेल जानु ठीक हुने सोचेर खुकुरी हानेको उनको भनाइ छ ।