जनता टाइम्स

७ माघ २०७९, शनिबार १८:३०

बंगलादेशमा भएको म्याराथनमा सल्यानकी पुस्पालाई स्वर्ण पदक


सुर्खेत, ७ माघ । बंगलादेशको ढाकामा भएको बंगबन्धु शेष मुजिम ढाका म्याराथनमा महिलातर्फ सल्यानकी पुष्पा भण्डारीले स्वर्ण जितेकी छन् । उनले ४२दशमलव १९५ किलोमिटर निर्धारित दूरी २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पुरा गर्दै प्रथम हुन सफल भएकी हुन् ।

श्रीलंकाकी खेलाडी दोस्रो भएकी छन् भने नेपालकै वृन्दा श्रेष्ठ धानुके तेस्रो हुन सफल भएकी छन् । पुष्पा बंगबन्धु शेष मुजिम ढाका म्याराथन २०२१ कि पनि स्वर्ण पदक विजेता हुन् भने २०२२ को सोही म्याराथनमा कास्य पदक जितेकी हुन् । पुस्पाले १३औँ साग गेममा रजत पदक जितेर पदक जित्ने किर्तिमानीसमेत बनाएकि थिइन् ।