काठमाडौं, साउन ३०
एनसेल लाभकर विवादमा दोस्रोपटक फैसला मिति सरेको छ । सर्वोच्च अदालतले लगातार दोस्रो पटक फैसलाको मिति सारेको हो । न्यायाधीशहरुले फैसला लेख्न नभ्याएको भन्दै भदौ ५ गते फैसलाको मिति तोकिएको छ ।
साउन २१ गते फैसलाको दिन तोकिएपनि लेखन कार्य नसकिएको भन्दै ३० गतेका लागि सारिएको थियो । ८० प्रतिशत सेयर खरिद–बिक्री हुँदा भएको लाभकर छली विवादमा परेको मुद्दाको सर्वोच्च अदालतले दोस्रो पटक फैसला सुनाउन लागेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र राणासहितको पूर्ण इजलासले टुंग्याएको यो विवाद पुनः सर्वोच्चमा रिटको क्षेत्राधिकार अन्तर्गत एनसेल आएपछि केही महिनादेखि विचाराधीन रहेको थियो। यो फैसला करका लागि नजिर समेत भएर बस्नेछ। वैदेशिक लगानीका शेयर खरिद विक्रीमा लाभकर लाग्ने वा नलाग्ने विषयमा यो फैसलाले नयाँ नजिर स्थापना गर्ने छ।












प्रतिक्रिया दिनुहोस्