जनता टाइम्स

१४ माघ २०७९, शनिबार ०८:१८

न्युजिल्याण्डसँग भारत २१ रनले पराजित


एजेन्सी, १४ माघ । राँची । टी–२० सिरिजको पहिलो खेलमा भारत न्युजिल्याण्डसँग २१ रनले पराजित भएको छ । योसँगै भारतीय टोली ३ खेलको द्विपक्षीय शृङ्खलामा ०–१ ले पछि परेको छ । यो हारसँगै राँचीको मैदानमा भारतको अजेय रेकर्ड पनि तोडिएको छ । यसअघि टोलीले यहाँ कुनै पनि टी–२० खेल हारेको छैन ।

किवी टोलीको जितका नायक डेरिल मिचेल र मिचेल सान्टनर थिए । मिचेलले ३० बलमा ५९ रनको इनिङ्स खेले । जबकि मिचेल सान्टनरले चार ओभरमा एक मेडन सहित ११ रन दिएर दुई विकेट लिए ।

कप्तान हार्दिक पाण्डेय (२१ रन) र सूर्यकुमार (४७ रन)ले अर्धशतकीय साझेदारी गरे भने छैटौँ नम्बरमा आएका वाशिङटन सुन्दर (५० रन) ले भारतको हारको अन्तर घटाए पनि जित हात पार्न सकेनन् ।