जनता टाइम्स

१४ माघ २०७९, शनिबार १७:०७

सेलिब्रेटी दौड प्रतियोगितामा पवित्रा प्रथम, जुरेली द्वितिय


काठमाडौं, १४ माघ । नेपाल चलचित्र कलाकार संघ, कान्ति सांस्कृतिक केन्द्र तथा दिलकुमारी के.सी मेमोरियल फाउन्डेसनको संयुक्त आयोजनामा ३ कि.मी. सेलिब्रेटी दौड प्रतियोगिता सम्पन्न भएको छ । आज सम्पन्न भएको दौड प्रतियोगितामा पवित्रा आयार्च प्रथम यसैगरि कलाकार, गायिका एवं चर्चित रेस्लर अस्मिता सुनार ‘जुरेली’ द्वितीय हुनुभएको छ ।

‘स्वच्छ वातावरण तथा स्वस्थ्य जीवनको लागि दौड’ भन्ने मुल नाराका साथ यस कार्यक्रम आयोजना गरिएको थियो । आज प्रहरी तालिम केन्द्र महाराजगंज अगाडीबाट सुरु भई लाजिम्पाट पुगेर पुनः सोहि स्थानमा समापन भएको आयोजक संस्थाले जनाएको छ । प्रतियोगितामा बिजेताहरुलाई मेडल, प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगितामा प्रथमलाई ५० हजार, द्धितियलाई ३० हजार र तृतीयलाई १५ हजार राशिको पुरस्कार रहेको थियो । पुरुषतर्फ पनि प्रतियोगिता भएको थियो । उक्त प्रतियोगितामा सम्पूर्ण चलचित्रकर्मी, कलाकार, गायक÷गायिकाहरूले सहभागिता जनाउनुभएको थियो । कार्यक्रममा विभिन्न विशिष्ठ व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो ।