जनता टाइम्स

१४ माघ २०७९, शनिबार २२:२१

यौन चाहना बढाउने यी हुन् मुख्य तत्वहरु,


काठमाडौं, १४ माघ । निश्चित समय र निश्चित परिस्थितिमा महिला वा पुरुष दुवैमा यौनइच्छा हुनु स्वभाविक हो । कहिलेकाहीँ विभिन्न कारणले यौनइच्छा नहुन सक्छ । अझ हाम्रो जस्तो पुरुषप्रधान समाजमा महिलाहरू दबाइएको अवस्थामा हुन्छन् ।

यी सबै कुराले गर्दा पुरुषको तुलनामा महिलामा कम यौनइच्छा देखा पर्न थालेको छ, तर विभिन्न अध्ययनले के देखाउँछन् भने यौनइच्छा कम भएका महिलाले आवश्यक मात्रामा केही पोषक तत्व खाए सामान्य अवस्थामा फर्कन सक्छन् ।

म्याग्नेसियम

म्याग्नेसियमले शरीरको मासुलाई दह्रो बनाउन र आनन्द प्रदान गर्न मद्दत गर्छ । प्रत्येक दिन ३ सय २० मिलिग्राम म्याग्नेसियमयुक्त खाना खाँदा थकानका कारण यौनसम्पर्क गर्न मन नलाग्ने समस्याबाट पार पाइने डाइटिसियन सिडी क्लिंगर बताउँछन् ।

भिटामिन डी

भिटामिन डीको कमीले शरीरका हड्डी कमजोर हुन्छन् । यसले महिलामा युटीआईमा पनि इन्फेक्सन हुन सक्छ । युटीआई इन्फेक्सन हुँदा तल्लो पेट दुख्ने तथा यौनइच्छा नहुने स्त्रीरोग विशेषज्ञहरू बताउँछन् । सुखमय यौनसम्पर्क चाहनेहरूले उचित मात्रामा भिटामीन डी सेवन गर्नुपर्छ ।

फाइबर

फाइबरले शरीरमा एस्ट्रोजनको श्रावमा मद्दत पुर्‍याउँछ । एस्ट्रोजन हार्मोनले महिनावारी हुनुअघिको पीडा कम गर्न मद्दत गर्छ । त्यसका साथै फाइवरले महिलाको पिसाबमा हुने खराबीलाई समेत कम गर्छ ।

क्याल्सियम, म्याग्नेसियम तथा भिटामीन सी

यी तीनवटै तत्वले मानिसमा हुने मानसिक तनाव कम गर्ने हार्मोन उत्पन्न गर्छन् । यी तत्वयुक्त खाद्य पदार्थ नियमित सेवन गर्दा पनि तनाव कम हुन्छ । बिहान उठ्नासाथ यी तिनै चिज मिसाएर एक चम्चा सेवन गर्नु उपयुक्त हुन्छ ।

(एजेन्सी)