जनता टाइम्स

३१ श्रावण २०७६, शुक्रबार १८:३८

प्लाष्टिकसहितको वर्षा भएपछि…


अमेरिका, साउन ३१ । के तपाईहरुले प्लाष्टिकसहितको वर्षा देख्नु भएको वा सुन्नु भएको छ ? छैन भने अव थाह पाउनु हुनेछ । हालसालै अमेरिकामा गरिएको एक अध्ययनले प्लाष्टिकका कणसहितको वर्षा भइरहेको तथ्य सार्वजनिक गरेको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण र अमेरिकी विभागका वैज्ञानिकहरुले यो सर्वेक्षण गरेका हुन ।

वैज्ञानिकहरुले नांगो आँखाले प्लाष्टिक देख्न नसकेपछि माइक्रोस्कोप र डीजिटल क्यामेराको माध्यममा वर्षामा प्लाष्टिकको कण भेटेका हुन । सर्वेक्षणमा ९० प्रतिशत प्लाष्टिकका कण भेटिएका थिए । जसमा प्लाष्टिक फाइबरको मात्रा बढी थियो । ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी मात्रामा प्लाष्टक कण भेटिएको सर्वेक्षणले देखाएको छ । पहाडी क्षेत्रको समुद्री सतहबाट १० हजार ४०० फीटको उचाइमा संकलन गरिएको पानीमा प्लाष्टिकका कणहरु भेटिएका हुन ।

यस अध्ययनपछि विभिन्न प्रश्नहरु उठिरहेका छन् कि हावा, पानी र माटोमा कति प्लाष्टिक जम्मा हुँदैछ ? यसअघि वैज्ञानिकहरुले वर्षामा प्लाष्टिकका स–साना कणहरु पत्ता लगाएका थिए। दक्षिणी फ्रान्समा वैज्ञानिकहरुले वर्षासँगै प्लाष्टिकका कण खसेको देखेका थिए । त्यतिबेला समुद्रमा कयौं प्लाष्टिकका टुक्राहरु तैरिरहेको भेटिएको थियो । ‘सबैभन्दा महत्वपूर्ण कुरा यस अध्ययनबाट बाहिर आएको छ, जुन हामीले देख्न सक्नेभन्दा बढी प्लाष्टिक जतातै छ । यो वर्षामा छ, हिउँमा छ र यो वातावरणको एक हिस्सा नै बनेको छ,’ सर्वेक्षणमा सहभागी सोधकर्ता वीदरबीले भनेका छन ।