याम शर्मा
डेकेन्द्र थापाको सव खोजिहुँदा मैले भर्खर पत्रकारीता सुरु गर्ने जमर्काे गरिरहेको थिएँ । त्योभन्दा पहिला पत्रकार डेकेन्द्रराज थापाको माओवादीद्वारा हत्या हुँदा निकै मर्माहत हुनु परेको थियो । त्यसबाट मनभित्र एउटा उराठलाग्दो डर मभित्र मात्र होइन, दैलेखका सबै नागरिक र पत्रकारहरूमा पलाएको थियो । अर्कोतर्फ अनाहकमै हत्या गर्ने र शवसमेत बेपत्ता पार्नेहरूलाई कानुनी कठघरामा उभ्याउनुपर्छ र दण्डहीनताको अन्त्य गर्नुपर्छ भन्ने अठोट पनि उब्जिरहेको थियो ।
पत्रकार थापाको हत्या भएको एक बर्षपछि मैले दैलेखमा पत्रकारिताको सुरुवात गरेको थिए । अनाहकमै पत्रकारहरूलाईसमेत मारेपछि त्यसको पीडासँगै थपिएको ऊर्जाले दैलेखको पत्रकारितामा झनै निडर भएर अगाडि बढ्ने आँट लिएको हो भन्दा फरक पर्दैन ।
नेपाल पत्रकार महासंघ दैलेखको पहिलो अधिवेशनबाट जिल्ला शाखाको अध्यक्ष बिष्णु शर्मा र मानवअधिकारकर्मीको रूपमा इन्सेक जिल्ला प्रतिनिधि नमनकुमार शाहीको पहलमा सव खोजीको महत्वपुर्ण अवसर मैले पाएँ, । द्वन्द्वको समयमा घरमा नभए पनि मेरो जन्म घर साबिकको द्वारी गाबिस (हालको नौमुले गाउपालीका ३ द्धारी) घर भएकाले शव पत्ता लगाउन सहज भयो ।
म धमाका साप्ताहिक र पञ्चकोशी एफएममा काम गर्थे । तत्कालिन मानब अधिकारकर्मी नमनकुमार शाहीले पहिला एकपटक गाउँ जाउँ भन्नुभयो हामी गाउ गयौँ । गाउँमा गएर सामान्य घुमघाम गरेर आयौं । हामी गाउँमा जाँदा पनि धैरैले शंका गर्ने भएकाले मैले मेरो दिदीको घरमा भेटघाट गर्न आएको जनाउदै गाउँ जानु पथ्र्यो । द्रोस्रो चरणमा पनि फेरि नमन शाही र म त्यहाँ गयौँ ।
कसैले पनि डरले शब गाडेको ठाउँ भन्न नै मान्थेनन् तर म त्यँहीको स्थानीय भएकाले पनि र डेकेन्द्र थापाको हत्या भएको बिधालयमा नै मैले ५ कक्षासम्मको अध्यन गरेकाले मसंगै पढेका एकजना मेरा साथीसंग भेट भयो ती साथिलाई म पत्रकार रहेको थाहा थियो । उनलाई मैले घुमाउरो तरिकाले सोधे उनले मलाइ डेकेन्द्रको शब गाडेको ठाउको बारेमा जानकारी गराए ।
सबैलाइ डर थियो । तर उनी मेरो साथी भएकाले उनको नाम गोप्य राख्ने सर्तमा जानकारी गराए । किनकी उनी त्यही दिन भारत जाने तयारीमा थिए । डेकेन्द्रको शब गाडेको ठाउँमा हामी कसैले नदेख्ने गरी गयौ । बाटोमा सोध्ने सबैलाई हामी मेरो दिदीको घरमा भेटघाटमा आएको भन्दै हिड््रथ्यौ । दोसो पटकको मिसनपछि पत्रकार डेकेन्द्रराज थापाको शव गाडेको ठाउ पत्ता लगाउन सफल भइयो हामी एकदमै खुसी थियौ ।
तत्कालिन अध्यक्ष शर्मालाई काठमाडौंबाट एक्कासी खबर आयो – पत्रकार डेकेन्द्रराज थापाको शव खोजतलासको लागी जानु पर्यो भनेर । मैले सबै लोकेशन र म त्यँहीको भएकाले पनि द्वारी गाविसको नेराप्रावि नजिकको जंगलमा गाडिएको ठाउ पत्ता लागिसकेकाले अझै बिस्तृत अध्ययनकालागि हाम्रो सल्लाह बमोजिम तत्कालिन अध्यक्ष शर्माले मसंग परामर्श गरी टोली तयार भयो तर निकै जाखिम थियो ।
जतिबेला जे पनि हुन सक्थ्यो । अब त्यहाँ जानुपर्ने कुरा पहिला हामीबाहेक अरूलाई थाहा दिनु हुँदैनथ्यो । माओवादीले भर्खर बन्दुक बिसाएका थिए, आजभोलिका माओवादीको त यस्तो गतिविधि छ भने तत्कालिन समयको निकै डरलाग्दो क्षेत्र । त्यो पनि माओवादीको कब्जा गरिएको क्षेत्रमा गएर आफ्ना सहकर्मी दाजुको शव उत्खनन् गर्नका लागि पहिलो अनुसन्धान गर्न हामीलाई कम चुनौती थिएन ।
दुई दिनजति सदरमुकाममा सल्लाह ग¥यौं दिउँसो गए थाहा पाउँछन् राति जानुपर्छ भन्ने सल्लाह भयो ।
सल्लाहबमोजिम असारको महिना भएकाले झोला र छाता बोकेर जाने आँट त ग¥यौं । तर, रातिमा हामीलाई कसैले चिने भने के भन्ने ? त्यसैले सबैले माक्स लगाएर नौ बजेतिर हिँड्नुपर्छ भन्ने सल्लाहबमोजिम तीनजना मात्र साथीहरू नौ बजे रातारात गरेर नौमुले बजार पुगेर बस्यौं ।
नौमुलेबाट एकाबिहानै उकालो चढेर कसैले सोधे मेरी दिदीकोे घरमा भेटघाट र द्वारी झरनाको दृश्य लिनका लागि भनेर भिडियो क्यामेरासहित गएको हाम्रो टोलीले दुई दिनसम्म गहिरो अध्ययन गर्योे । विद्यालयनजिकै रहेका मैले चिनेका एक दम्पतीमध्येकी महिला जसले डेकेन्द्रराज थापाको चित्कार सुनेकी थिइन्, उनको चित्कार सुनेर आफूसमेत रोएको पीडा उनीसँग चार वर्षदेखि गुम्सिएर बसेको रहेछ ।
उनीसँग सामान्य चिनजान त भयो । मैले बाध्य भएर म उहाँको भाइ हो भनें त्यसले झनै उनलाई पीडा भएछ क्यार ! उनले हामीलाई अँझै कुरा भन्न चाहिनन् ।
तर, शव कता गाडेका छन् अलिकति सुइँको पाए भने उधिनेर फालिदिने हुन् कि भन्ने डर पनि लाग्यो । पुनः एकपटक द्वारी गयांै भने पक्का थाहा पाउन सक्छौँ भनेर दोस्रोपटकको यात्रा तय गर्यौ ं। यसपटक समाचार संकलनकै बहानामा एक हप्ता नबित्दै हामीहरू पुनः दिउँसै त्यता लाग्यौं । धमाका साप्ताहिककै मञ्जुल अधिकारीसँगै चारजनाले द्वारीको स्कुल निर्माणको खबर संकलनको भन्ने बहाना बनाएर राति खाना र नास्ता खाने तयारी गरेर स्कुलनजिकै रहेको सानो पसलमा बस्यौं ।
प्रत्यक्षदर्शीले मदिरा सेवन गर्नाले हामीलाई निकै ठूलो अवसर मिल्यो । उनले भने– ‘मार्छन् कि भन्ने डर छ, बाबु ! त्यही स्कुलको बलामा खुट्टा बाँधेर पिटी–पिटी मारेका हुन् । कसैलाई नभन्नु होला, गाडेको पनि स्कुलपछाडिको घरनजिक खोल्सामा छ ।’
बिहान त्यतै गयौं र सामान्य रूपमा हेर्यौ ं। तर, कुनै मेसो पाउन सकेनांै, पहरानजिकै शव गाडिएको जानकारी पाएपछि तत्काल सदरमुकाम आयौं । त्यसपछि सम्बन्धित निकायमा जानकारी गरायौं । हामीलाई झन् चुनौती थपियो । बैठक बस्यौं सबैको एकमत भयो । तत्कालिन अध्यक्ष शर्माकोे कार्यकालका उपाध्यक्ष नविन रिजाल क्रान्तिकारी पत्रकारका अध्यक्षसमेत थिए । तर, शव खोज्नका लागि तत्कालिन समयमा उनले गरेको योगदानको उच्च मूल्यांकन गर्नैपर्छ । पेसागत धर्म र एकताका लागि उनले आफ्नो पार्टीका कुरासमेत लत्याएर कलमजीवी पत्रकारको हकहितका पक्षमा उभिए ।
त्यसपछि हामीलाई सुरक्षाको आवश्यकता खड्कियो । सशस्त्र प्रहरी बलले हामीलाई निकै ठूलो सहयोग गर्यो । सात दिनका लागि भनेर हाम्रो टोलीका केही साथीहरू दुई दिनअगाडि नै शव गाडेको स्थानमा पुग्यौं । त्यहाँ पुग्दा माओवादीले निकै कान ठाढा पारे, आशंका मानिएका माओवादीहरू पाटनतिर उकालो लागेको खबर पायौ ं।
मानवअधिकार आयोगको टोली हिँड्ने खबर पाएपछि अलिकति सान्त्वना मिल्यो, तर गाइँगुइँ कुरा र हल्ला भइसकेपछि शव उधिनेर फालिदिने पो हुन् कि भन्ने चिन्ताले रातभर निन्द्रा लागेन । जिल्लाबाट गएका थोरै साथीहरूसमेत निकै डरायौं खेमराज थापालगायतका साथीको टोलीले दुई दिनसम्म त खाना खाने मेसो नै पाएनन् र चाउचाउ खाएरै बस्यौं ।
प्रहरीसँगै बिनाबर्दीको प्रहरी बनेर रातभर ड्युटी दियौं । नौ दिनको पर्खाइपछि शव उत्खनन्का लागि डा. हरिहर वस्तीलगायतको टोली बल्ल सदरमुकाममा आयो । त्यसअघि पत्रकार महासंघका मध्यपश्चिम सहसंयोजक एवं अध्ययन टोलीका संयोजक जनक नेपालसमेत आइपुगेपछि हामीलाई निकै हौसला बढ्यो । डा. वस्तीसहितको अनुसन्धानको टोली र जिल्लाका केही नेताहरू समेत घटनास्थलमा पुगे । शव गाडिएको ठाउँमा पुग्यौं, सबै कुराहरू पूरा भए अनि स्वर्गीय डेकेन्द्रराज थापाको शव उत्खनन् गरेर ल्याउन सफल भयौं । यसलाई मेरो पत्रकारिता जीवनको चुनौतीपुर्ण घटनाका रूपमा मैले लिएको छु ।
आज प्रेस चौतारी नेपालले उही स्व. डेकेन्द्र थापा पत्रकारिता पुरस्कारका लागि छनौट गर्दा मेरा आँखामा ती दिनहरू एक÷एक गरी सिनेमाका रिल घुमेझैं घुमिरहेका छन् र म हर्षविभोर भएको छु । यस अवसरमा अग्रज पत्रकार स्व. डेकेन्द्र थापाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले देखाउनु भएको पथमा अविचलित र अविश्रान्त यात्री हुने अठोट गर्दछु ।













प्रतिक्रिया दिनुहोस्