जनता टाइम्स

३२ श्रावण २०७६, शनिबार ११:४१

मैले पद मागेको होइन्, न्याय मागेको हुँ : झलनाथ खनाल


तपाईलाई पार्टीमा तेस्रो वरियता चाहिएको हो ?

मलाई पद चाहिएको होइन्, पार्टीमा मैले न्याय खोजेको हुँ । जतिबेला एकिकरण भयो, जुन ढंगको ‘मिस्टेक’ भयो । त्यो मिस्टेकको विषयमा मैले कमरेड केपी ओलीसँग पनि कुरा गरे । कमरेड प्रचण्ड, बामदेव लगायत अरु थुप्रै थुप्रै कमरेडहरुसग पनि कुराकानी गरे । किन यस्तो गरेको भन्दा सबैको धारणा के छ भने, त्यति बेला चाँही मिस्टेक भयो, सबै कुरा थाहा भएन । तत्कालिन माओवादीका साथीहरुले भन्नुभयो एमाले भित्र कस कसको के पोजिसन हो भन्ने बारेमा हामीलाई जानकारी भएन । त्यो जानकारी नभएका बेलामा त्यस्तो निर्णय भयो ।

कुनै बेला हामी सच्याउछौं भन्ने कुराकानी भएको थियो । त्यो कुरालाई लिएर मैले हिजो (शुक्रबार)को सचिवालय बैठकमा पनि उठाएको छु । सबै पार्टीले गल्ती गर्दछन् तर, कम्युनिष्ट पार्टीमात्र त्यस्तो पार्टी हो जसले गल्ती देख्ने वित्तिकै रियलाइज गर्ने वित्तिकै सच्याउछ । यो कम्युनिष्ट पार्टी हो यसले पनि गल्ती सच्याउनुपर्छ ।

सचिवालयले तपाईलाई वरिष्ठ मानेन भने के गर्नुहुन्छ ?

सचिएन भने मेरो विरोध रहिरहन्छ ।

तेस्रो वरियतामा तपाईको दावी भएपनि पार्टीले दिन्छ होला त ?

फ्याक्टका आधारमा जानुपर्छ । हामी माक्र्सवादीहरु हौं । माक्र्सवादले हामीलाई तथ्यका आधारमा सत्य पत्ता लगाउ भन्छ । फ्याक्ट के हो त कुनै पनि व्यक्तिको स्टेन्टिङ भनेको तपाईले लिने पनि होइन् तपाईले दिने पनि होइन् । त चाँही वरिष्ठ हो भनेर कसैले लिने, कसैले दिने, कसैलाई टिका लगाएर दिने यस्तो चिज होइन् । उसको सिंगो जिवनको यर्थाथ के हो ? त्यो यर्थाथ पास गरेर आइसक्यो । त्यो त एउटा अब्जेटिक फ्याक्ट हो । त्यसका आधारमा को वरिष्ठ हो होइन् भन्ने कुरा पत्ता लगाउनुपर्ने हुन्छ ।

तपाई नै वरिष्ठ भन्ने के आधार छ त ?

कहा जन्मिऔं, कहा हुर्कियो, कहिले पार्टीमा प्रवेश गरिउ । कस्ता कस्ता पदमा बसेर आएऔं, कस्तो कस्तो भूमिका खेलेर आयौं । के के योगदान गरेर आयौं । यी सबै कुराको आधारमा वरिष्ठता भनेर टुंगो लाग्छ । वरिष्ठता टुंगो लगाउने भनेका यी आधारहरु हुन् । म वरिष्ठ हुदाँ हुँदै एकताका बेला किन तलमाथी गरियो, प्रश्न चाँही त्यहा हो क्या ।

तपाई पनि अध्यक्ष बनिसक्नु भएको, माधव नेपालपनि संक्रमणकालिन समयमा महासचिव बनेर पार्टी चलाउनु भएको व्यक्ति हो । दुई जना नेताविच के अन्तर छ र ?

तपाईको भनाई के हो, माधव नेपाललाई नै वरिष्ठ बनाउनुपर्छ भन्ने हो ।

बामदेव गौतमलाई हुदै नभएको पदमा किन ल्याउनु भयो ?

पहिलो उहा वरिष्ठ उपाध्यक्ष नै हुनुहुन्थ्यो, दुवै पार्टीमा विभिन्न पदहरु थिए, विभिन्न कमरेडहरु बस्नु भएको थियो, अहिले पनि त्यो पदहरु मिलेको छैन । हिजो उपाध्यक्ष पदमा बस्नु भएका कमरेडहरु अहिले तल बसिरहनु भएको छ । यी कुरालाई पनि मिलाउनुपर्छ भन्ने आग्रहको एउटा अभिव्यक्ति हो कमरेड बामदेव गौतमलाई अहिले उपाध्यक्ष बनाउने प्रस्ताव गरिएको छ । दुई अध्यक्षले छलफल गरेर प्रस्ताव गर्नुभयो, हामीले समर्थन गर्यौं ।