जनता टाइम्स

२३ माघ २०७९, सोमबार २१:३८

ओएनएफ अमेरिकाको म्यासाच्युसेस राज्यको अध्यक्षमा भीष्म आचार्य


अमेरिका, माघ २३ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिकाको म्यासाच्युसेस राज्यको अध्यक्षमा भीष्म आचार्य चयन हुनुभएको छ । यही फेब्रुअरी ५ अर्थात आइतवार बोस्टनमा आयोजित बिस्तारित बैठकले आचार्यको नेतृत्वमा ७ सदस्यीय राज्य कमिटीको गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा नबराज जमरकट्टेल, सचिवमा ज्ञानेश्वर तिवारी चयन हुनुभएको छ भने सदस्यहरुमा दीपेन्द्र सुबेदी, बसन्त पराजुली, रिना थापा र दामोदर उप्रेती चयन हुनुभएको छ ।

राज्य कमिटीका अध्यक्ष बैज्ञानिक प्रतिक सुबेदीको अध्यक्ष्यतामा सम्पन्न बैठकलाई ओएनएफ अमेरिकाज महादेसिय कमिटीका उपाध्यक्ष बुद्धबज्र लामा, ओेएनफ अमेरिकाका उपाध्यक्ष भीम ओली, सदस्य मिना खतिवडा, म्यासाचुसेट्स राज्य कमिटीका पूर्वअध्यक्ष राजकुमार थापा, एनआरएन म्यासाच्युसेस् राज्य कमिटीका अध्यक्ष प्रेम तामाङ, जिबिएनसि म्यासाचुसेसका उपाध्यक्ष सुनिल नेपालीले सम्बोधन गर्नुभयो ।

उहाँहरुले नब निर्बाचित कमिटीलाई सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो । बैठकमा ओएनएफ अमेरिकाका केन्द्रीय सदस्यहरु प्रचन्ड श्रेष्ठ, अजय कुशवाह, एनआरएन म्यासाच्युसेसका सहसचिब सलोली भण्डारी, सदस्य समुन्द्र श्रेष्ठ, कलाकार सुशिल गौतमलगायतको उपस्थिति रहेको थियो ।