जनता टाइम्स

२४ माघ २०७९, मंगलवार १८:२३

लुम्बिनीका ११ वटै जिल्लामा रचनात्मक कार्यक्रमसहित प्रेस चौतारीले मनायो स्थापना दिवस


बुटवल, माघ २४ । प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेशका ११ जिल्लामा विभिन्न रचनात्मक कार्यक्रम सम्पन्न भएका छन् ।

प्रेस चौतारी रुपन्देही, गुल्मी, पाल्पा, नवलपरासी, बाँके, दाङ, अर्घाखाँची, प्युठान, बर्दिया, रोल्पा र कपिलवस्तु शाखाले कार्यक्रम सम्पन्न गरेका हुन् ।

 

रुपन्देही : प्रेस चौतारी रुपन्देहीले चौतारी मिलन तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको वनवाटिकामा चौतारी मिलन कार्यक्रम तथा बुटवलको रक्तसञ्चार केन्द्रमा रक्तदान गरिएको हो ।

 

गुल्मी : प्रेस चौतारी नेपालको स्थापना दिवसको अबसरमा जिल्ला शाखा गुल्मीको आयोजनामा गुल्मी अस्पतालका बिरामीहरुलाई फलफूल वितरण तथा गुल्मी जिल्ला मालिका घमिर निवासी १९ वर्षका मृगौला पिडित शशधिर पन्थीलाई सहयोग संकलन अभियानमा सहयोग कार्यक्रम सम्पन्न भएको छ ।

 

नवलपरासी : स्थापना दिवसका अवसरमा प्रेस चौतारी नवलपरासीले सिर्जनशील पत्रकारिता पुरस्कार बितरण गरेको छ । पश्चिम नवलपरासीकै पहिलो महिला पत्रकार शान्ता भण्डारीलाई पुरस्कृत गरिएको हो ।

पाल्पा : प्रेस चौतारी पाल्पाले साधारणसभा तथा रानिमहल प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा रानीमहल घोषणापत्र जारी गरिएको थियो ।

अर्घाखाँची : प्रेस चौतारी अर्घाखाँचीले गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाइ स्टेशनरी सामान बितरण गरेको छ । सन्धिखर्क नगरपालिका वडा न.१२ स्थित जन प्रकाश आधारभुत बिद्यालयमा अध्यनरत छात्रा तथा छात्रहरु लाई शैक्षिक सामाग्री बितरण गरिएको थियो ।

प्युठान : स्थापना दिवसका अवसरमा प्रेस चौतारी प्युठान शाखाले अस्पतालमा भर्ना भएका बिरामीहरुलाइ फलफुल वितरण, रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला शाखाले स्थापना गरेको स्व. गोपालदास नकर्मी स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार एलबी थापा र निवर्तमान अध्यक्ष नोमराज पौडेललाई पुरस्कृत तथा सम्मान गरेको छ ।

दाङ : स्थापना दिवसमा जिल्ला शाखा दाङले महिला भेला तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ महिला भेलाबाट महिला विभाग दाङको संयोजकमा दिप्तीशीखा चौधरी, सहसंयोजक लक्ष्मी पोख्रेल, सचिव सुरक्षा चौधरी चयन हुनुभएको छ ।

बर्दिया : जिल्ला शाखा बर्दियाले वृद्दाश्रममा फलफूल वितरण गरेको छ । श्री पशुपति शान्ति शिवालय सुदामा वृद्ध सत्संग समूहले सञ्चालन गरेको वृद्धाश्रममा फलफूल वितरण गरिएको हो ।

बाँके : प्रेस चौतारी बाँकेले पुरस्कार वितरण, पत्रकार मैत्रीपूर्ण फुटसल र वनभोज कार्यक्रम सम्पन्न गरेको छ । बाँकेको पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशिल रहेर काम गरिरहेका हिमालयन टेलिभिजनका पत्रकार कृष्ण अधिकारी र पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेकी प्रतिबोध एफएमका धना केसीलाई सक्रिय पत्रकारिता गरेको भन्दै जनही पाँच हजार सहित पुरस्कृत गरिएको हो ।

त्यसैगरी पत्रकार महिला र होप इन्टरनेशनल एकेडेमिका शिक्षिकाबिच नेपालगञ्जका शिक्षिकाबीच भएको मैत्रीपूर्ण फुटसलमा पत्रकार महिलाको समूह विजयी भएको थियो । यस्तै अर्को मैत्रीपूर्ण फुटवलमा प्रेस चौतारी बाँकेलाई हराउँदै नेकपा एमाले बाँके विजयी भएको थियो ।

कपिलवस्तु : स्थापना दिवसका अवसरमा जिल्ला शाखा कपिलवस्तुले मदरसाका विद्यार्थीहरुलाइ झोला बितरण गरेको छ । बाणगंगा नगरपालिका ८ बालापुर स्थित मदरसा बरकतिया आधारभुत विद्यालयमा अध्यानरत ४५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

रोल्पा : प्रेस चौतारी रोल्पा शाखाले फलफूल वितरण गरेको छ । स्थापना दिवस पारेर रोल्पा अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको हो ।