जनता टाइम्स

३२ श्रावण २०७६, शनिबार १४:३२

पाथीभरा गोल्डकपः मोरङ विजयी


ताप्लेजुङ, साउन ३२

चौथो पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा बेलबारी फुटबल क्लब मोरङ विजयी भएको छ । टाइबेकरमा मोरङले घरेलु टोली ताप्लेजुङ–११ लाई ५–४ गोलल पराजित गरेको हो । यस अघि निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाइब्रेकरमा मोरङका तर्फबाट पृथ्वी चौधरी, विवेक थापामगर, मौसम सुब्बा, सन्जु श्रेष्ठ र शङ्कर राईले गोल गरेका थिए ।

ताप्लेजुङका लागि क्रिस राई, सन्तोष लिम्बू, मनिराज लिम्बू र सुशिल लिम्बूले गोल गरे भने विकास शेर्पा गोल गर्न चुकेका थिए । खेलको म्यान अफ दि म्याच मोरङका सूर्य श्रेष्ठ घोषित भए । आज रेड हर्ष क्लब इलाम र फिदिम स्पोर्टिङ क्लबबीच हुनेछ । आगामी भदौ ६ गतेसम्म चल्ने प्रतियोगितामा नेपालको पाँच तथा भारतको एउटा टोली सहभागि छन् ।