जनता टाइम्स

१ भाद्र २०७६, आईतवार ०८:००

मुलुकका केही स्थानमा मेघ गर्जन र चट्याङसहितको सम्भावना, सर्तकता अपनाउन अनुरोध


काठमाडौं, भदौं १ । मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश स्थानमा मौसम सामान्य वदली भएको जनाएको छ । त्यस्तै मध्य, पूर्व र पश्चिमी पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा भइरहेको जानकारी दिएको छ ।

आगामी २४ घण्टाको मौसम सम्बन्धी विवरण सार्वजनिक गर्दै महाशाखाले मुलुकका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले सर्तकता अपनाउन अनुरोध गरेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका धेरैजसो स्थानमा वदली हुनेछ । पश्चिमी क्षेत्रका अधिकांश स्थान तथा पूर्वी र मध्य क्षेत्रका केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै पश्चिमी तथा पूर्वी भागका एक÷दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति अधिकांस स्थानमा वदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुनेछ । त्यस्तै देशको पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना छ । सोमबार दिउँसो धेरैजसो स्थानमा वदली रही देशका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने तथा पूर्वी र मध्य भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना छ । सोमबार राति अधिकांस स्थानमा वदली रही केही स्थानमा वर्षा हुनेछ ।

मध्य र पश्चिमि भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै मंगलबार दिउँसो धेरैजसो स्थानमा वदली रही पूर्वी क्षेत्रका अधिकांश स्थान तथा मध्य र पश्चीमी क्षेत्रका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने महाशाखाले जनाएको छ । पूर्वी तथा मध्य भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

मंगरबार राति अधिकांस स्थानमा वदली रही पूर्वी क्षेत्रका अधिकांश तथा मध्य र पश्चीमी क्षेत्रका केही स्थानमा हल्का देखि मध्यम वर्षा हुनेछ । देशको देशको पूर्वी भूभागको थोरै स्थानमा र मध्यका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।