जनता टाइम्स

३ फाल्गुन २०७९, बुधबार २१:२७

मिलापत्रपछि छुटे कलाकार पवन खतिवडा


मोरङ, फागुन ३ । कुटपिटको आरोपमा प्रहरी नियन्त्रणमा रहेका कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई छाडिएको छ ।

मंगलबार राति मोरङको बेलबारी नगरपालिका(४ का जीवन कार्कीमाथि कुटपिट गरेको आरोपमा खतिवडा र रमेश भण्डारीलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको थियो ।

बुधबार साँझ कार्की पक्ष र खतिवडाबीच मिलापत्र भएपछि छाडिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मंगलबार बेलुका बेलबारी १ स्थित एक होटलमा बसी उनीहरुले मदिरा सेवन गरेको र त्यसक्रममा विवाद हुँदा उक्त घटना भएको हो । त्यसपछि पुगेको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । उहाँहरु आज छुटनुभएको हो ।