जनता टाइम्स

१ भाद्र २०७६, आईतवार १७:०३

शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वाेच्चको आदेश


काठमाडौं, भदौं १ । सर्वाेच्च अदालतले अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि उच्च अदालत हुँदै सर्वोच्चसम्म पुगेकी शिल्पाको रिटमाथि सुनुवाई गर्दै सर्वाेच्चले सो आदेश दिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले अभिनेतृ शिल्पालाई तत्काल पक्राउ नगर्न आदेश दिएको हो ।