जनता टाइम्स

९ फाल्गुन २०७९, मंगलवार ०९:२१

घुडाँको चोटले नेयमार एक महिना मैदान बाहिर


काठमाडौं, ९ फागुन । पेरिस सेन्ट जर्मेन ९पिएसजी० का ब्राजिली फरवार्ड नेयमार गम्भिर घाइते भएका छन । फ्रेन्च लिग वान अन्तरगत आइतबार राति लिलमाथि ४–३ को रोमाञ्चक जित निकालेको खेलमा नेयमारले घुँडाको चोट बोक्न पुगेकाका कारण उनी एक महिना खेल बाहिर रहनु पर्ने भएको हो । ‘उनको एमआरआई स्क्यानमा कुनै फ्याक्चर भएको देखिएको छैन तर उनको लिगामेन्टको थप परिक्षण भइरहेको छ,’ फ्रान्सेली क्लब पीएसजीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

एमआरई परिक्षणपछि उनी कम्तीमा पनि एक महिना मैदान बाहिर रहनु पर्ने भएको क्लबले जनाएको छ । बेन्जामिन आन्द्रेले गरेको ट्याकलमा ब्राजिलियन स्टार नेयमार घाइते भएका थिए । लिलको मिडफिल्डरले नेयमारलाई फउल गरेपछि मैदानमा लड्न पुगेका गिए । त्यसपछि उनलाई स्ट्रेचरबाट मैदान बाहिर लगिएको थियो । यो पिएसजीको लागि ठुलो झट्काको रुपमा हेरिएको छ ।