जनता टाइम्स

९ फाल्गुन २०७९, मंगलवार १२:१६

ॐ नम: शिवायमा गायिका इन्दिरा जोशी फरक अवतार (भिडियोसहित)


काठमाडौं, ९ फागुन । चर्चित गायिका इन्दिरा जोशीको ॐ नमः शिवाय बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका इन्दिराकै शब्द तथा संगीत रहेको ॐ नवः शिवायको एरेन्ज सक्षम श्रेष्ठले गर्नुभएको हो । युवापुस्ताहरुलाई लक्षित गरेर बनाइएको गीतको शैली नयाँ छ । जुन अन्तर्राष्ट्रियस्तरमा पनि प्रचलित भएको इन्दिरा बताउँनुहुन्छ । पशुपतिनाथ मन्दिर परिसरमा छायांकन गरिएको सार्वजनिक भिडियोमा इन्दिरा अहिलेसम्मकै भिन्न अवतारमा जय शम्भो भोले जय जय भन्दै देखापर्नुभएको छ ।

जसको भिडियोमा पनि नयाँ प्रयोग गरिएको देखिन्छ । ३ मिनेटको भिडियोमा इन्दिराले भगवान शिवको महिमाको वर्णन गर्नुभएको छ । इन्दिरा आफू कलाकारितामा लाग्नु अघिदेखि नै शिवको भक्त रहेको बताउँनुहुन्छ । गौरव बिष्टको छायांकन, गौरव बिष्टकै सम्पादन तथा मिन रावलको कलरिङ रहेको भिडियोको निर्देशन सक्षम श्रेष्ठले गर्नुभएको हो । भिडियो इन्दिरा जोशी अफिसियलबाट बजारमा आएको हो ।