जनता टाइम्स

९ फाल्गुन २०७९, मंगलवार १३:०७

स्कटल्याण्डले नेपाललाई दियो २१३ रनको लक्ष्य, बलिङमा चम्किए सन्दीप


काठमाडौं, ९ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी खेलमा स्कटल्याण्डले नेपाललाई २१३ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले ४६।१ ओभरमा सबै विकेट गुमाएर २१२ रन बनाएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्ड सुरुबाटै दबाबमा परेको थियो । नेपालका लागि सन्दीप लामिछानेले ४, करण केसीले ३, ललित राजवंशी र कुशल मल्लले १–१ विकेट लिएका छन् । केहीबेरपछि नेपालले जवाफी ब्याटिङ गर्नेछ ।