जनता टाइम्स

१५ फाल्गुन २०७९, सोमबार १४:४६

फागु पर्व सुरु, हनुमानढोकामा चीर ठड्याइयो (फोटोफिचर)


काठमाडौ‌, १५ फागुन । फागु अर्थात् होली पर्व सुरु भएको छ । वसन्तपुर हनुमानढोकामा चीर ठड्याइएसँगै यस वर्षको होली सुरु भएको हो ।

आज बिहान ७ बजेर ४५ मिनेटको साइतमा हनुमानढोका दरबारको दक्षिण पटांगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा रंगीविरंगी ध्वजापताकासहितको चीर ठड्याइएको हो । योसँगै देशभर औपचारिक रूपमा फागु पर्व सुरु भएको छ ।