जनता टाइम्स

३ भाद्र २०७६, मंगलवार ०८:३५

समातिए प्रधानमन्त्री ओलीसहित प्रचण्ड र देउवाको हत्या गर्छु भन्दै फेसबुकमा धम्क्याउने युवा


काठमाडौं, भदौं ३ । प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेकपा र कांग्रेसका शीर्ष नेतालाई काटने घोषणा गर्दै फेसबुक लाइभ गर्ने एक युवा पक्राउ परेका छन । शीष नेताहरूलाई आमाचकारी गालीगलौजसहित अपशव्द प्रयोग गर्दै नाङ्गो खुकुरी देखाएर फेसबुक लाइभ गर्ने व्यक्ति बाराबाट पक्राउ परेका हुन ।

ती व्यक्तिले नाङ्गो खुकुरी देखाउँदै रवि लामिछानेलाई केही भए कसैलाई नछाड्ने धम्की दिएका थिए। प्रहरीका अनुसार फेसबुक लाइभमा ती व्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई गाली गलौज गर्दै खुकरीले काटेर मारिदिने धम्की दिएका थिए। फेसबुक लाइभका क्रममा उनले सबै नेतालाई काट्छु, मार्छु भन्दै खुकुरी देखाएका थिए ।

अपशब्दसमेत प्रयोग गरेकाले ती व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सामाजिक सञ्जालमा अपशव्द प्रयोग गर्ने, अभद्र र अमर्यादित टिप्पणी गर्ने, फोटो बिगारेर पोष्ट गर्ने अन्य धेरै जनालाई पक्राउ गर्न टोली खटाइएको छ। शनिबार मात्रै अछाबाट एकजना युवा प्रहरी अधिकारीको फोटो बिगारेर फेसबुकमा हाल्दा पक्राउ परेका थिए। प्रहरीले पछिल्लो समय समाजिक सञ्जालमा आपत्तिजनक शब्द प्रयोग गर्ने बिग्रिएका ब्यक्तिमाथि निगरानी बढाएको छ ।

यसैक्रममा भरतपुर महानगरका मेयर रेनु दाहाललाई अश्लिल गाली गर्ने महिला चितवनबाट पक्राउ परेकी छन भने प्रहरीका उच्च अधिकारीहरुलाई गाली गर्ने युवक काठमाडौंबाट पक्राउ परेका छन । प्रहरीले चितवनकी तारा बराललाई पक्राउ गरेको हो ।