जनता टाइम्स

३ भाद्र २०७६, मंगलवार १४:२६

भक्तपुरको लोकन्थलीमा पहिरो, चार घर उच्च जोखिममा


भक्तपुर, भदौं ३ । भक्तपुरको लोकन्थलीमा सुख्खा पहिरो गएको छ। मंगलबार बिहान अरनिको राजमार्गदेखि २०० मिटरजति भित्र पहिरो खस्दा सडक भत्किएको हो।

एक्कासी सुख्खा पहिरो गएको र त्यसले चार वटा घरलाई जोखिममा पारेको भक्तपुरका प्रहरी उपरीक्षक (एसपी) सविन प्रधानले जानकारी दिनुभयो। उहाँका अनुसार सन्तोष तामाङ, भरत पौडेल, कृष्ण थापा र प्रेम लामाका घर पहिरोले जोखिममा परेका छन्।

घटनास्थलमा अहिले नेपाली सेना र प्रहरीको टोली परिचालन गरिएको छ। जोखिमयुक्त घरलाई के गर्ने भन्नेबारे जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बसिरहेको छ ।