राष्ट्रपति निर्वाचनपछि प्रचण्डलाई प्रधानमन्त्रीबाट हटाएर संबिधानको धारा ७६ को उपधारा ३ अनुसार सवैभन्दा ठूलो दलको हैसियतमा प्रधानमन्त्री बन्ने नेपाली कांग्रेसको योजनाअनुसार सर्वाेच्चमा रिट दर्ता गराइएको आशंकासमेत समाचार सुत्रहरुले गरेका छन
काठमाडौं, फागुन २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरी कार्वाहीको मागसहित सर्वोच्च अदालतमा मुद्धा दर्ता गर्ने ब्यक्ति नेपाली कांग्रेसका बरिष्ठ नेता एवं राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल निकटस्थ महासमिति सदस्य रहेको पाइएको छ ।
रामेछाप नेपाली कांग्रेस प्रदेश (ख) को प्रदेश प्रतिनिधि एवं अधिवक्तासमेत रहनुभएको उहॅाको पौडेलसँग घनिष्ट सम्बन्ध रहेको पाइएको हो ।आरण गत महाधिवेशनमा रामचन्द्र पौडेल र डा. शेखर कोइराला समुहतिर लाग्नुभएको थियो ।
महाधिवेशन अगाडि आफ्नो समुहबाट को सभापतिको उम्मेदवार बन्ने भन्ने बहशका बीच शेखर समुहको नेता रामचन्द्र नै हुनुहुन्थ्यो । तर आफूलाई सभापतिमा नछाडेपछि पौडेल सभापति शेरबहादुर देउवातिर लाग्नुभयो । पौडेल देउवातिर लागेपछि आरण पनि उतै लागेको रामेछाप कांग्रेसका नेताहरुले बताएका छन ।
बागमती प्रदेश महाधिवेशन प्रतिनिधि आरणले रामेछाप पुरानागाउँ निवासी हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्डविरुद्ध रिट लैजाने प्रमुख निवेदक उहाँ नै हो । अर्का रिट निवेदक कल्याण बुढाथोकी पनि रामचन्द्र पौडेलकै निकट रहेको रामेछाप कांग्रेसका नेताहरु बताउँछन । आरणसहित ३३ वटा रिट सर्वोच्चमा प्रचण्डविरुद्ध दर्ता भएका छन ।
राष्ट्रपति निर्वाचनपछि प्रचण्डलाई प्रधानमन्त्रीबाट हटाएर संबिधानको धारा ७६ को उपधारा ३ अनुसार सवैभन्दा ठूलो दलको हैसियतमा प्रधानमन्त्री बन्ने नेपाली कांग्रेसको योजनाअनुसार सर्वाेच्चमा रिट दर्ता गराइएको आशंकासमेत समाचार सुत्रहरुले गरेका छन ।
प्रतिक्रिया दिनुहोस्