एजेन्सी, २५ फागुन । चर्चित चलचित्र निर्माता तथा अभिनेता सतीश कौशिकको ६६ वर्षको उमेरमा निधन भएको छ । सतीश कौशिकका भतिजा निशान कौशिकले बीबीसी हिन्दीलाई बताए कि सतीश कौशिक होली मनाउन गुरुग्राममा एक साथीको घर गएका थिए र त्यहाँ उनलाई हृदयघात भएको थियो।
यसपछि उनलाई फोर्टिस अस्पताल लगियो तर उनको ज्यान बचाउन सकिएन ।
बलिउडमा शोकको लहर
सतीश कौशिकसँग एनएसडीमा अध्ययन गरेका आफ्ना साथी अनुपम खेरले उनको निधनमा शोक व्यक्त गर्दै ट्वीट गरेका छन्, ‘मृत्यु यस संसारको अन्तिम सत्य हो। तर मेरो मिल्ने साथी सतीश कौशिकको बारेमा म जिउँदै हुँदा यो लेख्छु पर्ला भनेर सपनामा पनि सोचेको थिइनँ । ४५ वर्षको मित्रतामा यस्तो अचानक पूर्णविराम ! तिमी बिनाको जीवन कहिल्यै उस्तै हुने छैन, ओम शान्ति !’
सतीश कौशिकको असामयिक निधनले बलिउडमा शोकको लहर छ । प्रसिद्ध फिल्म निर्माता मधुर भण्डारकरले शोक व्यक्त गर्दै लेखेका छन्, ‘अभिनेता तथा निर्देशक सतीश कौशिक जीको निधनले म स्तब्ध छु । कौशिक एक ऊर्जावान व्यक्ति थिए। उनलाई उनका लाखौं फ्यान र फिल्म उद्योगले मिस गर्नेछन्। मेरो तर्फबाट विनम्र श्रद्धाञ्जली।’
सतीश कौशिक दुई दिनअघि चर्चित गीतकार जावेद अख्तरको घरमा होली खेलिरहेको देखिएका थिए । उनले होली खेल्दै गरेको तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । यी तस्विरहरूमा उनी जावेद अख्तर, ऋचा चड्ढा, महिमा चौधरी र अली फजलसँग देखिएका छन् ।
सतीश कौशिकको जन्म १३ अप्रिल १९५६ मा भएको थियो । कौशिक एक अभिनेता, निर्माता, हास्य कलाकार र पटकथा लेखक थिए । उनले किरोरी मल कलेजबाट स्नातक गरे र पछि नेशनल स्कूल अफ ड्रामामा अध्ययन गरे । कौशिकले राम लखन, साजन चले ससुराल, जाने भी दो यारों र मिस्टर इन्डिया जस्ता चर्चित फिल्ममा अभिनय गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्