जनता टाइम्स

३ भाद्र २०७६, मंगलवार १६:३०

नेकपाको सचिवालय बैठक बुधबारसम्म स्थगित


काठमाडौं, भदौ ३

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरिएको छ । सो बैठक चार गते विहान ११ बजेका लागि बोलाइएको छ । पार्टी एकताको लगभग अधिकाशं काम टुंगोमा लागिसकेको नेकपाको आयोगलाई पूर्णता दिन बाँकी रहेको छ ।

सचिवालय बैठक तयारी नपुगेको भन्दै भोलीसम्मका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । प्रधानमन्त्री र महासचिवले गृहकार्य नपुगेको भन्नुभएकाले बैठक रोकियो,’ पार्टी प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘बैठक भोलि विहान ११ बजे बस्नेछ।’ केही समयपछि सर्वदलिय बैठक बस्ने भएकाले अहिले त्यसैको तयारी भईरहेको छ ।

सचिवालय बैठक रोकिएसँगै नेताहरू माधवकुमार नेपाल, वामदेव गौतम र प्रवक्ता श्रेष्ठ बालुवाटारबाट निस्कनु भएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने बालुवाटारमै रहनु भएको छ ।