जनता टाइम्स

४ भाद्र २०७६, बुधबार ०९:१६

केही दिनभित्रै ठूला १४० जना भ्रष्टाचारीको नाम सार्वजनिक हुँदै


काठमाडौं, भदौ ४   अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले केही समयपछि अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचारी सार्वजनिक हुने बताउनुभएको छ ।

उहाँले अख्तियारले अहिले अकुत सम्पत्ति कमाउने १४० जनाको अनुसन्धान गरिरहेको र यो अनुसन्धानपछि अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्टाचारीहरु सार्वजनिक हुने बताउनुभयो ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको २४ औँ स्थापना दिवसमा मंगलबार आयोजित ‘सुशासन र राजनीतिक सदाचार’ विषयक छलफल कार्यक्रममा उहाले आयोगले अहिले विविध प्रकृतिका एक हजार पाँच सयवटा भ्रष्टाचार मुद्दाको अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । गोरखापत्रबाट