जनता टाइम्स

४ भाद्र २०७६, बुधबार ०९:५१

१७ करोड हिनामिना गरेको आरोपमा बैंक म्यानेजर पक्राउ


दाङ, भदौ ४

बैंकबाट १७ करोड रुपैयाँ हिनामिना गर्ने एक म्यानेजर पक्राउ परेका छन् । देब विकाश बैंक नारायणपुर शाखाका म्यानेजरलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।

बैंकको १७ करोड रुपैयाँ आर्थिक हिनामिना गरेको अभियोगमा बैंकका म्यानेजर समिर बुढाथोकीलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । बुढाथोकी माथि बैंकको १७ करोड रकम घोटाला गरेको अभियोग लागेको छ । प्रहरीले उनलाई गएराति घोराही उपमहानगरपालिका–१० नारायणपुर क्षेत्रबाट पक्राउ गरेको प्रहरीले बताएको छ । जिल्लाको उच्च प्रहरी स्रोतले पक्राउ परेका व्यक्तिका बारेमा बुधवार दिउँसो पत्रकार सम्मेलन गरेर सबैकुरा सार्वजनिक गर्ने बताएको छ ।