जनता टाइम्स

४ चैत्र २०७९, शनिबार ०९:०२

वीरगञ्जज महानगरपालिकाले क्रिकेटर आसीफ र आरीफलाइ मोटरसाइकल दिने


वीरगञ्ज, ४ चैत । वीरगन्ज महानगरपालिकाका नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई खेलाडीलाई मोटरसाइकल दिने घोषणा गरेको छ ।

आइसीसी क्रिकेट विश्वकप लिग–२ मा देशको शिर उचोँ राखेको भन्दै बिरगञ्जका क्रिकेट आसीफ शेष र आरीफ शेषलाई महानगरपालिकाले मोटरसाइकल दिने मेयर राजेशमान सिंहले घोषणा गर्नुभएको छ । बिरगञ्ज निवासी उहाँहरू सहोदर दाजुभाइ हुन् ।

विश्व मानचित्रमा नेपालको नाम जाज्वल्य पार्ने खेलमा वीरगन्जका खेलाडीहरू ओपनिङ ब्याट्सम्यान आसिफ शेष र अलराउण्डर आरिफ शेषले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै मेयर सिंहले दुबैलाई पुरस्कार स्वरुप मोटरसाइकल प्रदान गर्ने उहाँले जाकारी दिनुभएको हो ।

महानगरपालिकाले नेपाललाई ग्लोबल क्वालिफायरमा पुर्‍याई राष्ट्रको शिर उच्च बनाउने नेपाली क्रिकेट टोलीलाई पनि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ ।