जनता टाइम्स

४ चैत्र २०७९, शनिबार १९:१३

नेपाल ल क्याम्पसलाई हामी अन्तर्राष्ट्रियस्तरको कलेज बनाउँछौं : कैलाश तामाङ


कामठाडौं ।कैलाश तामाङ नेपाल ल क्याम्पसमा एलएलएम पहिलो वर्षको विद्यार्थी हो । नेपालको सबैभन्दा पुरानो २००७ सालमा स्थापना भएको नेपालको सबैभन्दा पुरानो क्याम्पस हो । अध्ययनसँगै विद्यार्थीहरुको हित, रक्षाको पैरवीमा निरन्तर सक्रिय तामाङ नेपाल ल क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुबाट सभापतिको उम्मेदवार हुनुहुन्छ । नेपाल ल क्याम्पस सुधारको मार्गचित्र बनाएर मैदानमा आउनुभएको अध्यक्ष तामाङसँग गरिएको छोटो कुराकानी:

निर्वाचनको तयारी कस्तो छ ?

निर्वाचनको तयारी पूरा भएको छ । हामीले गरेका कामका आधारमा हामीले निर्वाचन जित्नेतमा पनि विश्वस्त छौ । नेपाल ल क्याम्पसमा २५ सय विद्यार्थी छन् । अहिलेको मतदाता २२ सय ५० छन् । अहिले अनेरास्ववियुसँग बहुमत पुग्ने खालको विद्यार्थी छन् । हामीले सबै फ्याकल्टीलाई समेटेर समावेशी समूह बनाएका छौं । सत्ताधारी एउटा सठबन्धन छ । हामी एक्लै छौं, तर एक्लै भएपनि धेरै क्रियाशील सदस्यता भएको संगठन हो । धेरै काम गरेका छौं त्यसैले निर्वाचनमा विजयी हुने निश्चित छ ।

सभापतिको उम्मेदवार हुनुहुन्छ, तपाईको टिम कस्तो छ ?

मेरो समुह पूर्णरुपमा समावेशी छ । सबै विद्यार्थीको आवाज सुन्ने गरी समावेशी समुह बनाएका छौं । सबै वर्ग र क्षेत्रका विद्यार्थी हाम्रो समुहमा छन् तर अर्को समुहमा त्यस्तो समावेशी समुह छैन । उपयुक्त समुह अनेरास्ववियुको समुह हो । म कलेजमा भिजेको मान्छे हो । संगठन जितेको इतिहास हामीसँग छ । अहिले हाम्रो १० जनाको समूह छ । सबै संकायलाई मिलाएर समावेशीखालको समुह छ । दलित, मधेशी, आदिवासी, जनजाति, महिलासहितको सबैको समावेशी समुह छ । तर अरु समुहमा समावेशी समुह छैन ।

तपाई र तपाईको समूहलाई विद्यार्थीले भोट किन दिने ?

नेपाल ल क्याम्पसमै लामो समयदेखि भिजेको मान्छे हुँ म । हाम्रो संगगठनको कानुन शिक्षाको सुधारमा धेरै ठूलो योगदान रहेको छ । ५ वर्षीय कानुनशिक्षाको अवधारणा र अध्ययन सुधार हामीले गरेका हौं । २०६५ सालमा हामीले स्ववियुमा विजयी भएपछि कानुन सुधार अभियानअन्तर्गत ५ वर्षीय कानुन शिक्षा सञ्चालनमा आएको हो । जुन नेपालको कानुनको इतिहासमा हामीले ल्याएको अवधारणा हो ।

राजनीतिक कार्यक्रम भन्दा पनि हामीले एकेडेमिक विकासका लागि काम गर्छौं । हिजो हामीले विद्यार्थीलाई अध्ययनका लागि कक्षा चलाउँदा आफैले २०३६ सालदेखि अहिलेसम्मको अनेरास्ववियुले १ नम्बर प्रदेशको मुख्यमन्त्रीदेखि भानुभक्त ढकाल मात्र नभएर न्यायाधीशसम्म हुनुभएको छ । एकेडेमिक क्सेलेन्सी नै हाम्रो चुनाव जित्ने आधार हो ।

अझै अनुसन्धानका केन्द्र र विधागत डिपार्टमेन्ट स्थापना गर्ने कार्यक्रम रहेको छ । प्रोफेसर र विद्यार्थीसमेत रहने गरीको अवधारण अघि सारेका छौं । अहिले सेमेस्टार प्रणालीको सुधार गर्ने दोस्रो रहेको छ । परीक्षा, नजिता समयमा निकाल्ने भन्ने कुरा एकेडेमिक क्यालेन्डर नै स्थापना गरेर काम अघि बढाउने एजेण्डा हो । तेस्रो एजेण्टामा तीनै फ्याकल्टीका विद्यार्थीलाई एक आपसमा घुलमिल गर्ने वातावरण पनि हामी मिलाउँने छौं ।

कानुन सुधारमा तपाईहरुको भूमिका कस्तो हुनेछ ?

नेपालमा कानुन शिक्षाको सुधारमा यो संगठनको सबैभन्दा ठूलो योगदान रहेको छ । १५औँ पञ्चवर्षीय योजनामा कानुनको विषयलाई विकास गर्नुपर्छ । पूर्वाधारणको विकासमा ध्यान दिनुपर्छ भनेर यही संगठनले अगुवाई गरेर काम गरिएको हो । नेपालको सबैभन्दा पुरानो २००७ सालमा स्थापना भएको पुरानो क्याम्पस हो । कानुन शिक्षाको विकासका लागि अनेरास्ववियुले ठूलो पहल गरेको छ ।

अन्त्यमा विद्यार्थीहरुलाई केही भन्नुहुन्छ ?

म दुई वर्ष नै यही क्याम्पसमा पढछु । स्ववियुको अवधि पनि दुई वर्षको हुन्छ । त्यो ल क्याम्पसलाई एउटा एकेडेमिक स्थान बनाउने र अन्र्तराष्ट्रिय विश्वविद्यालयहरुको सम्बन्ध विकास गर्ने रहेको छ । अन्तराष्ट्रिय स्तरका कलेज र नेपालको कलेजको सीप आदानप्रदान गर्ने काम गर्नेछु । समग्रमा मैले कानुन शिक्षाको शैक्षिक सुधारमा लाग्नेछु । राजनीतिक भन्दा पनि विद्यार्थीको हितमा काम गर्नेछु । अनेरास्ववियुलाई अत्याधिक मत दिएर विजयी गराउँनुस । हामीले कानुन शिक्षाको सुधार र विद्यार्थीलाई सहजीकरणमा क्रियाशील भएर काम गर्नेछौं ।