जनता टाइम्स

५ भाद्र २०७६, बिहीबार ०८:३९

पशुपतिको दर्शनपछि राष्ट्रपतिलाई भेट्दै भारतीय विदेशमन्त्री जयशंकर


काठमाडौं, भदौ, ५ । राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच भेटवार्ता हुँदै छ । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आउनुभएका जयशंकरले बिहीबार बिहान १० बजे राष्ट्रपतिलाई भेट्न कार्यक्रम रहेको छ ।

त्यसअघि जयशंकरले पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्नुहुने छ । बुधबार काठमाडौं आएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेर उहाँ नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनुभएको थियो ।
नरेन्द्र मोदीको दोस्रो कार्यकालमा विदेशमन्त्री भएपछि पहिलोपटक नेपाल आएका जयशंकर बिहीबार दिउँसो ३ बजे स्वदेश फर्किने कार्यक्रम छ ।