जनता टाइम्स

८ चैत्र २०७९, बुधबार २०:२३

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल : लाओसलाई हराएर फाइनल नजिक पुग्यो नेपाल


काठमाडौं, चैत ८ । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको लाओसविरूद्ध आज भएको खेलमा नेपालले जित हासिल गरेको छ।

दशरथ रंगशालामा आज भएको खेलमा नेपालले लाओसलाई २–० ले पराजित गरेको हो। खेलको ३२ औं मिनेटमा हेडिङमार्फत् अनन्त तामाङले गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए भने दोस्रो हाफ सुरू भएसँगै ५५ औं मिनेटमा नवयुग श्रेष्ठले अर्को गोल गरी खेलमा २–० को अवस्थामा पुर्याए । लाओसले कुनै गोल फर्काउन नसकेपछि नेपाल सोही गोलका साथ बिजयी बनेको हो ।

नेपालले थ्री नेसन्सकपमा बुधबार लाओसलाई हराएसँगै फाइनलको नजिक पुगेको छ । नेपालले अब मंगलबार भुटानको सामना गर्नेछ । त्यसअघि शनिबारको खेलमा लाओस र भुटान खेल्नेछन् ।

तीन टिम सहभागी प्रतियोगिताको लिग चरणको समाप्तीमा शीर्ष दुई स्थानमा रहनेले फाइनल यात्रा तय गर्नेछ । समूह चरणका सबै खेल साँझ ६ बजे सुरू हुनेछन भने फाइनल चैत १७ मा साँझ ५ः३० बजे हुने एन्फाले जनाएको छ।