जनता टाइम्स

५ भाद्र २०७६, बिहीबार ०९:५७

पर्वतमा घर पुरिँदा एक जना बेपत्ता


पर्वत, भदौ ५ पर्वतको कुश्मा नगरपालिका– २ खुर्कोट बुढीस्वाँरामा पहिरोले घर पुरिँदा एक जना बेपत्ता भएका छन् । बुधबार राति भएको वर्षाका कारण आएको पहिरोले घर पुरिँदा ७० वर्षीय रेमबहादुर चालिसे बेपत्ता हुनुभएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीसहित स्थानीयबासीन्दाले बेपत्ता चालिसेको खोजी कार्य गरिरहेका छन् । पर्वतका प्रतिनिधिसभा सदस्य पदम गिरी पनि घटनास्थलमा पुग्नुभएको छ । श्रीमान श्रीमती मात्रै बस्दै आएका उक्त घरमा बुधबार नै रेमबहादुर चालिसेकी श्रीमती छोरी भेट्न घर बाहिर जानुभएको थियो । पहिरोले घरको सबै भाग पुरेको र केही भाग बगाएको छ ।