जनता टाइम्स

९ चैत्र २०७९, बिहीबार ०७:५३

आजदेखि जीतपुर सिमरा गोल्डकप सुरु


सिमरा, ९ चैत । मोफसल कै सर्वाधिक १० लाख राशी पुरस्कारको जीतपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिता आजवाट सुरु हुदैँछ ।

आज देखी सुरु हुने खेलमा ए डिभिजनका पाँचवटा क्लवसहित मोफसलका १० चर्चित टिमहरुको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए । उनका अनुसार उदघाटन खेलमा भने आयोजक नव जनजागृति र बीएफसी चितवन भिड्ने छन् ।

चैत ९– १८ सम्म चल्ने प्रतियोगिता विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् । विधागततर्फ उत्कृष्ट हुने खेलाडीले जनही २० हजार दिने जनाएको आयोजकले प्रत्येक खेलका म्यान अफ द म्याचलाई १० हजार छुटाएको छ ।

सो प्रतियोगितामा साबिक विजेता एनआरटीसहित ए डिभिजनका एपीएफ, सातदोबाटो युथ क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाइज युनाइटेड क्लब प्रतिस्पर्धामा उत्रदै छन् भने मोफसलका बीएफसी चितवन, वीरगन्ज युनाइटेड क्लब, मकवानपुर ११ हेटौंडा, वाग्मती युवा क्लब सर्लाही र आयोजक नव जनजागृति युवा क्लबले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।