जनता टाइम्स

११ चैत्र २०७९, शनिबार ०७:३०

थ्रि नेसन्स कपमा आज भुटान र लाओस भिडदै


काठमाडौं, ११ चैत । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा आज भुटान र लाओस बिच प्रतिस्पर्धा हुनेछ ।

गत ८ गते देखी सुरु भएको थ्री नेसन्स कप को दोस्रो खेलमा भुटान र लाओस बिच खेल हुन लागेको हो ।

नेपालले लाओसलाई २–० ले पराजित गर्दै उदघाटन खेलमा बिजय हासिल गरिसकेको छ भने दोस्रो खेल नेपालले चैत १४ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते भिडनेछन् ।

अखिल नेपाल फुटबल संघ ९एन्फा०का अनुसार विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउनेछ भने उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर तथा म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छन् ।