जनता टाइम्स

११ चैत्र २०७९, शनिबार ११:०८

फिफा बरियतामा सुधारः महिला फुटवल तीन अंक उक्लिदै सयौं स्थानमा


काठमाडौं, ११ चैत । नेपाली महिला राष्ट्रिय फुटबल टोलीको फिफा वरियतामा सुधार भएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार जारी गरेको वरियतामा नेपाली टोलीले तीन स्थान सुधार गरेको हो ।

यसअघिको वरियतामा १ सय तीन स्थानमा रहेको नेपाल त्यसमा तीन अंक सुधार गदैै सयौं स्थानमा आईपुगेको छ ।

गत महिना नेपाल र भारतबीच दुई मैत्रीपूर्ण खेलपछि भएको फिफा वरियतामा नेपालको सुधार गर्न सफल भएको हो । नेपाल र भारतबीच गत फागुन ३ गते पहिलो मैत्रीपूर्ण खेलमा २–२ र दोस्रो खेल गोलरहित बराबरीमा टुंगिएका कारण बरियतामा सुधार ल्याउन सफल भएको हो । ओलम्पिक छनोटको तयारीका क्रममा प्रशिक्षण रहेको नेपाली टोलीलाई यस वरियता सुधारले उत्साह थपिदिएको छ ।

महिला फुटबलमा छिमेकी भारत भने नेपाल भन्दा ३९ अंक अगाडी अर्थात यस अघि कै यथास्थान ६१ औं स्थानमा छ भने दक्षिण एसियाका अन्य देश भने नेपाल भन्दा पछाडी परेका छन । जसअनुसार बंगलादेश १ सय ४० औं, श्रीलंका १ सय ५५ औं, माल्दिभ्स १ सय ५९ औं, पाकिस्तान १ सय ६१ औं र भुटान १ सय ७८ औं स्थानमा छन् ।

महिला फिफा वरियतामा अमेरिका शीर्षस्थानमा रहदा जर्मनी दोस्रो, स्विडेन तेस्रो, इङ्ल्यान्ड चौथो र फ्रान्स पाँचौं स्थानमा छ ।