जनता टाइम्स

१५ चैत्र २०७९, बुधबार ०६:२०

थ्री नेसन्स कप स् भुटानसँग बराबरी खेल्दै नेपाल फाइनलमा


काठमाडौं, १५ चैत । नेपाल प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको फाइल प्रवेश गरेको छ। दशरथ रङ्गशालामा भएको दोस्रो खेलमा भुटानसँग १–१ को बराबरी खेल्दै नेपाल फाइनल पुगेको हो । नेपालले फाइनलमा अब चैत १७ गते लाओससँग खेल्नेछ ।

खेलको पहिलो हाफमा भुटानले एक शून्यले अग्रता लिएको थियो । खेलको १८ औं मिनेटमा तेन्जिन नोर्बुले भुटानका लागि गोल गर्नुभएको हो । नेपालले भुटानविरुद्ध निर्धारित समयको अन्तिम मिनेटमा गोल फर्काएको हो । नेपालका लागि दीपकराज सिंहले हेड गोल गर्नुभएको हो । नेपाल र भुटानले एकएकको बराबरी खेलेका हुन् ।

नेपालले आफ्नो पहिलो खेलमा लाओसलाई २–० गोलले हराएको थियो। यता भुटानने पहिलो खेलमा लाओससँग २–१ को हार खेपेको थियो।

नेपाल र भुटानको यो १३ औं खेल हो। १२ खेल जितेको नेपालले १३ औं खेलमा बराबरी गरेको हो । सिङ्गल राउन्ड रोबिन लिगका आधारमा सञ्चालित प्रतियोगितामा लिगको शीर्ष दुई टोली फाइनल पुगेका हुन् । नेपाल समूह विजेता बन्दै फाइनल पुगेको हो भने लाओस उपविजेता बन्दै फाइनलमा पुगेको हो ।

प्रतियोगिताको विजेताले ५ हजार र दोस्रो हुनेले ३ हजार अमेरिकी डलर पुरस्कार पाउनेछन्।