जनता टाइम्स

१५ चैत्र २०७९, बुधबार ०६:२४

नेपाल र बङ्गलादेशको बराबरी


काठमाडौं, १५ चैत । नेपाल बङ्गलादेशमा जारी साफ यू(१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको चौथो तथा अन्तिम खेलमा आयोजक बङ्गलादेशसँग बराबरीमा रोकिएको छ ।

ढाकामा मंगलबार भएको खेलमा नेपाल बङ्गलादेशसँग १(१ गोलको बराबरीमा रोकिएको हो । नेपालले सुरुवाती अग्रता लिएपनि जोगाउन नसक्दा बराबरीमा चित्त बुझाएको हो ।

नेपालका लागि आठौँ मिनेटमा सेनु परियारले गोल गर्नुभएको थियो । बङ्गलादेशकी सागोरिकाले ७५औँ मिनेटमा बराबरी गोल गर्नुभएको हो । यससँगै नेपालले चार खेलबाट चार अङ्क बनाएको छ ।

नेपाल यसअघिनै प्रतियोगिताबाट बाहिरिएको थियो । नेपाल पहिलो खेलमा भारतसँग ४(१ गोलले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा भुटानलाई ५(० गोलले हराएको थियो ।

तेस्रो खेलमा भने नेपाल रुससँग ३(० गोलले पराजित भएको थियो । रुस पाहुना टोलीको रूपमा च्याम्पियनसिपमा सहभागी भएको हो ।